आदरणीय सदस्य महानुभावहरू तथा धनराशी परिवारमा जोडिनुभएका सबैमा मेरो न्यानो अभिवादन !
आजभन्दा ५ महिनाअघि, जब बजारमा सहकारीप्रति चौतर्फी नकारात्मक धारणा र अविश्वासको वातावरण थियो, त्यहीबेला मैले एउटा अवसर र आवश्यकता दुवै देखेँ— सदस्यको हितलाई सर्वोपरि ठान्ने एउटा इमान्दार र पारदर्शी संस्थाको आवश्यकता। यही सोच र अठोटका साथ मैले व्यक्तिगत जोखिम उठाएर धनराशीको यात्रा थालनी गर्ने निर्णय गरेँ।
मलाई आज पनि याद छ, हामीले रु. ५०० को विश्वासबाट सुरु गरेको यो अभियानले आज करोडौंको उचाइ छुनु तपाईंहरूकै भरोसा र साथको प्रतिफल हो। तपाईंहरूको यही विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति र प्रेरणाको स्रोत हो। संकटको समयमा पनि हामीमाथि विश्वास गरी आफ्नो मिहिनेतको कमाइ सुरक्षित राख्नुभएकोमा म हृदयदेखि नै आभारी छु।
हामी परम्परागत शैलीमा होइन, आधुनिक प्रविधि, छिटो-छरितो सेवा र सदस्यमैत्री व्यवहारमार्फत सेवा दिन प्रतिबद्ध छौं। हाम्रो ध्यान अब सदस्यहरूको उद्यमशीलता विकास, व्यावसायिक योजना निर्माणमा सहयोग र वित्तीय साक्षरता अभिवृद्धिमा केन्द्रित हुनेछ।
म तपाईंहरूलाई विश्वास दिलाउँछु, तपाईंको बचतको हरेक पैसा सुरक्षित छ र त्यसको उच्चतम प्रतिफल दिलाउन म र मेरो सम्पूर्ण टिम चौबिसै घण्टा क्रियाशील छौं। तपाईंहरूको कुनै पनि समस्या वा सुझावका लागि म सधैं उपलब्ध छु।
धन्यवाद !
प्रमुख कार्यकारी सञ्चालकको सन्देश
अमर राज पाठक “अजित”