धनराशी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, लेखा समिति, कर्मचारी वर्ग तथा शुभचिन्तकहरूमा हार्दिक अभिवादन तथा नमन !
हाम्रो संस्था स्थापनाको यो प्रारम्भिक तर अत्यन्तै महत्त्वपूर्ण चरणमा तपाईंहरूसँग जोडिन पाउँदा मलाई गर्व महसुस भएको छ। हामीले सहकारीको मर्म र भावनालाई केन्द्रमा राखेर सदस्यहरूकै आर्थिक तथा सामाजिक उत्थानका लागि यो संस्थाको परिकल्पना गरेका थियौं। आज त्यो परिकल्पनाले सदस्यहरूको विश्वासको बलमा मूर्त रूप लिँदै गएको देख्दा अत्यन्तै हर्षित छु।
सञ्चालक समितिको अध्यक्षको हैसियतले, म तपाईंहरूलाई पूर्ण विश्वास दिलाउन चाहन्छु कि हाम्रो संस्था वित्तीय सुशासन, पारदर्शिता र सदस्य-केन्द्रित नीतिको जगमा अडिग रहनेछ। सदस्यहरूको बचतको सुरक्षा र त्यसको उच्चतम प्रतिफल सुनिश्चित गर्नु हाम्रो पहिलो कर्तव्य हो।
म प्रबन्ध निर्देशक श्री अमर राज पाठक ‘अजित’ ज्यूको नेतृत्व र व्यवस्थापकीय कुशलताको उच्च प्रशंसा गर्न चाहन्छु, जसको जोखिम मोल्ने क्षमता र अथक प्रयासबिना यो सफलता सम्भव थिएन। साथै, यो छोटो समयमा हामीप्रति अगाध विश्वास देखाउनुहुने सम्पूर्ण सदस्यज्यूहरू नै हाम्रो सफलताको मुख्य आधार हुनुहुन्छ।
हाम्रो सपना सदस्यहरूको सानो-सानो बचतलाई एकत्रित गरी एक ठूलो पुँजी निर्माण गर्ने र त्यसलाई सदस्यहरूकै व्यावसायिक उन्नतिमा लगानी गरी एक आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नु हो। तपाईंहरूको निरन्तर साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षासहित।
धन्यवाद !
पदम प्रसाद ढकाल
अध्यक्ष